माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुनेका साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल बताइएको छ।
प्रतिक्रिया
Facebook Comment