नेपाल क्वानकिडो संघको अध्यक्षमा रोल्पाका सुर्वण विसी

डिसी नेपाल
११ साउन २०८१ १०:३४

काठमाडौं। नेपाल क्वानकिडो संघको प्रथम राष्ट्रिय अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ।  संघको अध्यक्षमा रोल्पाका सुर्वण विसी चयन भएका छन् ।

बुधबार सम्पन्न भएको संघको प्रथम राष्ट्रिय अधिवेशनले विसीको नेतृत्वमा १७ सदस्यीय नयाँ पदाधिकारी चयन गरेको हो।

संघको उपाध्यक्षमा भुपेन्द्र वली, सन्देश दर्लामी दोर्जे मगर र महासचिवमा टेकराज केसी चयन भएका छन् । उपमहासचिवमा विवेक धिमाल, सचिवमा प्रेम पुन मगर, कोषाध्यक्षमा रस्कु क्षेत्री र अन्य सदस्य चयन भएको संघले जनाएको छ।

यस्तै सदस्यहरुमा रुपेश यादव, समित वेधा, सिर्जना बुढा मगर, राजकुमार बुढा, सुरज थापा मगर,प्रज्वलजंग शाही र विजय घर्ती मगर चयन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *