पोषण पुनःस्थापना केन्द्र भवन उद्घाटन

डिसी नेपाल
११ साउन २०८१ २३:३३

महेन्द्रनगर। मधेस प्रादेशिक अस्पताल जनकपुरधाममा पोषण पुनःस्थापना केन्द्र भवनको उद्घाटन गरिएको छ। आज एक समारोहबीच प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा निर्मित दुईकोठे पोषण पुनःस्थापना केन्द्र भवनको मुख्यमन्त्री शतिशकुमार सिंह तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

त्यसअवसरमा मुख्यमन्त्री सिंहले भवन निर्माणले मधेसको स्वास्थ्य अवस्थामा थप सुधार ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले कुपोषित बालबालिकाको उपचारका लागि सहजता प्रदान गर्ने उद्देश्यले भवन निर्माण गरेकामा सहयागी संस्थालाई धन्यवाद दिए।

वर्ल्ड भिजन इन्टरनेसनलका प्रतिनिधि अनुप राणाले कुपोषित बालबालिकाको उपचारमा बाधा नहोस् भन्ने अभिप्रायका साथ भवन निर्माण गरिएको बताउँदै प्रत्येक बालबालिकाको पोषणसम्बन्धी अधिकार सुनिश्चित गराउनु नै संस्थाको उद्देश्य रहेको उल्लेख गरेका छन्।

कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा अङ्कुर साह, रजिस्ट्रार डा विनोद यादवलगायत उपस्थित थिए।

वर्ल्ड भिजन इन्टरनेसनलको साझेदारीमा एकीकृत ग्रामीण समाज विकास बर्दिवासद्वारा एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत रु १९ लाख ५९ हजार नौ सय ५९ को लागतमा भवन निर्माण गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *