सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृति कम्युनिष्ट नेताहरुमा देखियोः अध्यक्ष यादव

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृति कम्युनिष्ट नेताहरुमा देखिएको बताएका छन्।
पुष्पलालको जन्मशताब्दी को अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यादवले कम्युनिष्ट पार्टीका नेताहरुमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृति देखिएको बताएका हुन्।
उनले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठानेर उनीहरुले राजावादी, कांग्रेस सबैसँग सहकार्य गरेको धारणा राखे। उनले सच्चा कम्युनिष्ट भन्नेहरुले भने अहिले पनि दुःख पाइरहेको जिकिर गरे। यादवले एउटा वर्ग समूदायले हालिमुहाली गरेर सत्ता आउने भएपनि समाजवाद आउन नसक्ने धारणा राखे।
उनले मुलभुत मुद्दालाई केन्द्रीत गरेर अघि बढ्ने नेतृत्वको अभाव, अवसरवादको चरम सीमाले गर्दा समाजवादको यात्रा कठिन देखिएको बताए।
Facebook Comment