श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

डिसी नेपाल
१३ साउन २०८१ ७:४१

काठमाडौं। भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न सिरिजको पहिलो खेलमा भारत ४३ ले विजयी हुँदै सिरिजमा विजयी शुरुवात गरेको हो।

भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.२ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो। श्रीलंकाका लागि पाथुम निसान्काले सर्बाधिक ७९ रन बनाए भने कुसल मेन्डिसले ४५ तथा कुसल परेराले २० रन बनाएका थिए।

त्यसैगरी भारतीय बलर रियान परागले ३ तथा अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने मोहमद सिराज र रवि विश्नोईले एक एक विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। भारतका लागि कप्तान सूर्यकुमार यादवले सर्बाधिक ५८ रन बनाएका थिए भने ऋषव पन्तले ४९, यशस्वी जैसवालले ४०, शुभमन गिलले ३८ रन बनाएका थिए। त्यसैगरी श्रीलंकाका बलरमाथीसा पाथिरानाले सर्बाधिक ४ विकेट लिएका थिए।

यो जितपछि भारतले सिरिजमा १-० को अग्रता हासिल गरेको छ। अब सिरिजको दोस्रो खेल आज हुँदै छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *