अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दक्षिण कोरियाली टोलीसँग माफी माग्यो
काठमाडौं । पेरिसमा शुक्रबार ओलम्पिक खेलकुदको उद्घाटनका क्रममा परेडमा सहभागी दक्षिण कोरियाली टोलीलाई उत्तर कोरियाली भनिएको थियो । यसप्रति ओलम्पिक आयोजक समितिले गहिरो दुःख व्यक्त गरेको छ ।
तर, टिभीमा देखाइने सब-टाइटलमा दक्षिण कोरियाको नाम सहि देखिन्थ्यो ।
पेरिस ओलम्पिकको रंगीन उद्घाटन समारोहमा दक्षिण कोरियाली टोलीले सेइन नदीमा डुङ्गा पार गर्दा, अंग्रेजी र फ्रान्सेली दुवै भाषाका उद्घोषकहरूले उनीहरूलाई ‘डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया’को टोली भनेका थिए । यो वास्तवमा उत्तर कोरियाको आधिकारिक नाम हो ।
त्यसपछि जब उत्तर कोरियाली टोलीको पालो आयो, उनीहरूको नाम सही घोषणा गरियो।
दक्षिण कोरियाको खेलकुद मन्त्रालयले यो अस्पष्टताका सम्बन्धमा फ्रान्स सरकारमा उजुरी गर्ने विचार गरिरहेको जनाएको छ ।
Facebook Comment