ठूला र चर्चित काण्डका आरोपी पक्राउ गर्ने अनुसन्धान अधिकृतको सरूवामा रास्वपाको आपत्ति
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गरेको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन्।
अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी केसीलाई आफ्नो स्वार्थ नमिल्दा सरुवा गरिएको उनले आरोप लगाए। उनले वर्तमान सरकार गठन भएपछि मन्त्रपिरिषद् र प्रादेशिक मन्त्रीहरु नियुक्तिदेखि प्रहरी अधिकारीको सरुवासम्मको काम हेर्दा सरकारको उद्देश्यको श्रृखला देखिन थालेको जिकिर गरे।
ढकालले बेथितीका कुराहरुलाई संदनमा प्रस्तुत गर्दा नातिनातिनाको संज्ञा दिएको उनले बताए। आफूहरु अपूताली खाने नातिनातिना नभएको भन्दै उनले डिठ्ठा र काजीसावका रवैयाहरुलाई खवरदारी गर्ने अव्वल सक्षम र पढेलेखेका नातिनातिका भएको जिकिर गरे।
ढकालले अपूताली खाने नातिनातिना नभएको बताएपछि एमाले सांसद दीपा शर्माले नियमापति जनाउँदै अपूताली शव्द रेकर्डबाट हटाउन माग गरिन्। उनले आक्रोशमा जे पनि आरोप लगाउन नमिल्ने दाबी गरिन्।
त्यसपछि आफ्नो भनाइलाई निरन्तरता दिएका रास्वपा सांसद ढकालले राष्ट्र बैंकको मौद्रीक नीति हेर्दा नियमकहरुको चावी अर्थमन्त्रालयमा राख्ने र आफूले पायक पर्दा खोलिने गरेको देखिएको टिप्पणी गरे।
Facebook Comment