संक्रमणकालीन न्यायमा केही दल मिलेर चलखेल गर्न खोजे दुर्भाग्यपूर्ण हुन्छः कमल थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संक्रमणकालीन न्याय दलीय स्वार्थको आधारमा गर्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै केही दल मात्र मिलेर चलखेल नगर्न समेत सचेत गराएका छन्।
गम्भीर प्रकृतिका मुद्दाहरुमा सजाय निर्धारण गर्दा ७५% माफी मिनाहा दिन खोजिएको भन्दै थापाले त्यो आपत्तिजनक हुने बताए । पार्टी निकट पूर्वप्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले ३ दलले गठबन्धन गरे भन्दैमा जेसुकैमा पनि उन्मुक्ति दिन नपाईने चर्चा गर्दै थापाले पिडित सरोकारवालाको सहमतिबिना ल्याईने कानुनले संक्रमणकालीन न्याय दिन नसक्ने समेत दाबी गरे।
थापाले बाल सेना शव्द हटाएर सहमति गर्न खोजिएकोमा पनि तिब्र असन्तुष्टि पोखे। प्रहरी प्रशासनमा भैरहेको नांगाे राजनीतिक हस्तक्षेपले नयाँ गठबन्धन निर्माणको अन्तर्य बुझ्न सकिने भन्दै थापाले अब जनताले शसक्त प्रतिबाद गर्ने समय आएको समेत बताए।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई , संगठनका अध्यक्ष हरिहर श्रेष्ठ लगायतले बोलेका थिए भने पूर्व प्रहरीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए।
Facebook Comment