रुसले सैनिकको शवबाट अंग निकालेर बेच्ने गरेको आरोप
काठमाडौं । रुस र युक्रेनबीच लामो समयदेखि युद्ध चलिरहेको छ । अवस्था यस्तो छ कि न रुस पछि हट्न तयार छ न युक्रेन घुँडा टेक्न तयार छ । यसैबीच युक्रेनी युद्धबन्दीकी श्रीमतीले पुटिनको सेनामाथि निकै गम्भीर आरोप लगाएकी छन् ।
युक्रेनी युद्धबन्दीकी श्रीमती लारिसा सालिभाले रुसले मृत सैनिकका अंग चोरेर बेचेको आरोप लगाएकी छन् । फ्रिडम टु डिफेन्डर्स अफ मारियुपोल समूहकी प्रमुख लारिसाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाले शव फिर्ता गरेका युक्रेनी सैनिकका धेरै अंगहरू हराइरहेको दाबी गरेकी छन्। तर, स्रोतका अनुसार रुसले यी आरोपहरूलाई अस्वीकार गर्दै यसलाई षड्यन्त्र भनेको छ ।
टर्कीमा भएको बैठकमा लारिसाले यस्तो दाबी गरेकी हुन् । भेटमा टर्कीका लागि युक्रेनी राजदूत भासिल बोडनार पनि उपस्थित थिए । युक्रेन टुडेको रिपोर्टका अनुसार उक्त बैठकमा लारिसाले आफूहरूले फेला पारेका युक्रेनी सैनिकको शवलाई मार्नुअघि नराम्ररी यातना दिएको मात्र नभएर उनीहरुका धेरै अंगहरु पनि हराएको दाबी गरेकी छन् ।
रुसको हिरासतमा १० हजार भन्दा बढी युक्रेनी सैनिक छन्। अंग प्रत्यारोपणको कालो बजारमा रुस जोडिएको सलिभाको विश्वास छ । उनले रुसमा अंग प्रत्यारोपणको कालोबजारी चलिरहेको र दुर्भाग्यवश युक्रेनी युद्धबन्दीसँग यस्तो भइरहेको बताइन् । यो अपराध रोक्न सारा विश्व एकजुट हुनुपर्ने उनको भनाइ छ ।
यसैबीच, फिर्ता भएका सैनिकहरूको बिग्रँदै गएको अवस्थाबारे कुरा गर्दै युक्रेनी सैनिककी आमाले आफ्ना फर्किएका सैनिकहरू निकै पातलो भएकाले तत्काल स्वास्थ्य उपचार आवश्यक रहेको बताइन् ।
रुसले नागरिक र कैदीहरूसँग दुर्व्यवहार गरेको आरोप छ। साथै, रूसमाथि जेनेभा महासन्धि र मानवीय कानुनको उल्लंघन गरेको आरोप पनि लगाइएको छ । सैनिक र नागरिक गरेर अझै पनि १० हजार भन्दा बढी युक्रेनीहरू रूसी कैदमा रहेको अनुमान गरिएको छ ।
रुसले अंग चोरेर बेचेको आरोपलाई अस्वीकार गर्दै यसलाई रुसी सेनालाई बदनाम गर्ने षड्यन्त्र भनेको छ । डेली मेलको रिपोर्ट अनुसार रुसले नक्कली युक्रेनी नागरिकले रुसप्रति घृणा जगाउने प्रयास गरेको बताएको छ ।
जेनेभा महासन्धिले द्वन्द्वपछि शव र कैदीको आदानप्रदान गर्नुपर्ने उल्लेख गरेको छ । यद्यपि, रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि नै आदानप्रदान जारी छ। पछिल्लो समय जूनमा शव आदानप्रदान भएको थियो ।
Facebook Comment