तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस

काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो ।
साथै मन्त्रिपरिषदको बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । जसमा बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर र कर्णाली प्रदेशको प्रदेश प्रमुखमा यज्ञराज जोशी सिफारिस भएका छन् ।
प्रतिक्रिया
Facebook Comment