पतञ्जली आयुर्वेदलाई ४ करोड रुपैयाँ जरिवाना
काठमाडौं । बम्बई उच्च अदालतले पतञ्जली आयुर्वेदलाई चार करोड रुपैयाँ जरिवाना लगाएको छ । मुम्बई उच्च अदालतले अगस्ट २०२३ मा दिएको आदेशको अवज्ञा गरेको भन्दै यो जरिवाना लगाएको हो ।
मुम्बई उच्च अदालतले अगस्ट २०२३ मा पतञ्जली आयुर्वेदलाई कपूर उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो।
मंगलम अर्गानिक्सले गत वर्ष एक याचिका दायर गरेको थियो र पतञ्जलिको कपूर उत्पादनहरूले यसको ट्रेडमार्क उल्लङ्घन गरिरहेको बताएको थियो।
यस निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलीलाई कपूर उत्पादन नबनाउन आदेश दिएको थियो ।
अदालतको फैसलापछि पनि पतञ्जलीले कपूर उत्पादन बिक्री जारी राखेको निवेदकको दाबी छ । जुलाई २ मा पतञ्जलीको तर्फबाट अदालतमा माफी मागिएको थियो र अदालतको फैसला पालना गर्ने बताएको थियो ।
तर उच्च अदालतले माफी मागे पनि पतञ्जलीले कपूर उत्पादनको बिक्री जारी राखेको भन्दै अदालतले पतञ्जलीलाई ४ करोड रुपैयाँ जरिवाना गरेको जनाएको छ । अदालतले यो जरिवाना तिर्न पतञ्जलीलाई दुई साताको समय दिएको छ ।
Facebook Comment