इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हिजबुल्लाह विरुद्ध कारबाही गर्न नेतान्याहूलाई अधिकार दियो

डिसी नेपाल
१५ साउन २०८१ १६:२५

काठमाडौं । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानी चरमपन्थी समूह हिजबुल्लाहविरुद्ध कारबाही गर्न अधिकार दिएको छ।

सुरक्षा मन्त्रिपरिषद्ले हिजबुल्लाह विरुद्ध कहिले र कसरी आक्रमण गर्ने भनेर प्रधानमन्त्री नेतन्याहु र उनका रक्षामन्त्रीले निर्णय गर्ने बताएको छ।

शनिबार इजरायलको कब्जामा रहेको गोलन हाइट्सको फुटबल मैदानमा रकेट खस्दा १२ बालबालिका र किशोरकिशोरीको मृत्यु भएको थियो ।

उक्त हमलापछि सुरक्षा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको थियो र सो बैठकले यस्तो निर्णय गरेको हो । तर, पश्चिमी देशहरूले इजरायललाई जवाफी कारबाहीमा संयमता अपनाउन निरन्तर अपील गरिरहेका छन्।

अक्टोबर ८ देखि, इजरायल र लेबनान बीच सीमापार गोलीबारी तीव्र गतिमा बढेको छ। हमासले इजरायलमा आक्रमण गरेको एक दिनपछि हिजबुल्लाहले इजरायलतर्फ रकेट र गोला प्रहार गरेको छ ।

अक्टोबरदेखि लेबनानमा ४५० जनाको ज्यान गएको छ जसमध्ये १०० जना सर्वसाधारण रहेका छन् । इजरायलले आफ्ना २३ नागरिक र १७ सैनिकको मृत्यु भएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *