माओवादीले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने

डिसी नेपाल
१५ साउन २०८१ १७:२२

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाँउस्तरदेखि नै पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

पार्टी पुर्नजागरण अभियानलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिदै प्रवक्ता सापकोटाले त्यसपछि बस्ने केन्द्रीय कमिटीले अन्तिम रुप दिने बताए। उनले गठबन्धन मार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा पुर्‍याउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष निकालिएको जानकारी दिए।

बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउँदै भ्रष्टाचार नियन्त्रणका साथै सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको उनले जानकारी दिए।

त्यस्तै पदाधिकारी बैठकले सबै कम्युनिष्टहरुसँग ध्रुविकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरुको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *