लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर मारेको इजरायलको दाबी

डिसी नेपाल
१६ साउन २०८१ १५:०३

काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा चरमपन्थी संगठन हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको जनाएको छ ।

लेबनानी सशस्त्र बलको गढ रहेको दहियाहमा भएको आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

इजरायली सेनाले गुप्तचर सूचनाको आधारमा हिजबुल्लाहका शीर्ष कमाण्डर फाउद शुक्रलाई लडाकु विमानबाट आक्रमण गरेको बताएको छ ।

इजरायली अधिकारीहरूले इजरायली नियन्त्रित गोलान हाइट्समा शनिबार भएको आक्रमणमा फाउद शुक्र जिम्मेवार रहेको बताएका छन्।

शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश बालबालिका थिए । हिजबुल्लाहले आक्रमणको खण्डन गरेको थियो ।

लेबनानी प्रधानमन्त्री नजिब मिकातीले इजरायलको यो आक्रमणको निन्दा गरेका छन् । उनले यो अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको भन्दै यसलाई आपराधिक कार्य भनेका छन् ।

आक्रमणपछि इजरायलका रक्षामन्त्री योभ गालान्टले सामाजिक सञ्जालमा हिजबुल्लाहले सबै सीमा नाघेको बताए ।

आक्रमणमा फाउद शुक्रको मृत्यु भएको हो वा होइन भन्ने अझै स्पष्ट भएको छैन । बेरुतका सुरक्षा स्रोतहरूका अनुसार आक्रमणको समयमा फाउद शुक्र भवनमा उपस्थित थिएनन्।

यसबारे हिजबुल्लाहले अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *