पेन्सिलभेनियामा भव्य वनभोजको आयोजना
पेन्सिलभेनिया। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पेन्सिलभेनियाले २८ जुलाईमा एक भब्य वनभोजको आयोजना गरेकाे छ।
नेपालीबीच भेटघाट गर्ने, बिचार आदान प्रदान गर्ने, चिनजान गर्ने अबसरको रुपमा र बनभोजलाई पर्बको रुपमा प्रत्येक वर्ष यस्तो कार्यक्रम परिषद्ले गर्दै आएको पेन्सिलभेनिया परिषद्का उपाध्यक्ष अभिषेक थापाले जानकारी दिए।
गैर आवासीय नेपाली संघ पेन्सिलभेनियाका अध्यक्ष जयन्द्र लामाको सभापतित्वमा भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय परिषदका अध्यक्ष अर्जुन बन्जाडे थिए भने विशेष अतिथि परिषद्का सचिब दिपक सापकोटा थिए। कार्यक्रममा बक्ताहरुले यस्ता कार्यक्रमले नेपालीबीचको एकता र मित्रतालाई अझ उज्वल बनाउने र केही काम गर्दा सामुहिक भावना दरिलो हुने बताएका थिए।
वनभोजलाई गायक दिलिप नेपाल भर्जिनिया, गायक बालकृष्ण न्यौपाने र गायिका अन्जु पुर्णिमा ठकुरीले रमाइलो बनाएका थिए। कवि नवीन भट्टराई, कवि गण्डकीपुत्रका कविताले सहभागीहरुलाई जुरुक्क उचालेका थिए।
उक्त वनभोज कार्यक्रमको सन्चालन पेन्सिलभेनिया च्याप्टरकी महिला सचिब रेणु न्यौपानेले रमाइलोसँग गरेकी थिइन् भने कार्यक्रममा साना नानीहरुको चम्चामा गुच्चा राखेर दौडने खेल, बेलुन फुटाइ खेल र महिलाहरुको बल पास गर्ने खेल राखिएको थियो।
बिहान ८ बजे बाट सुरु भएको वनभोज कार्यक्रम बेलुका ८ बजे सम्मनै चलेको थियो। वनभोज कार्यक्रममा इन्दिरा भुसाल महिला उपाध्यक्ष, अर्चना शर्मा पेन्सिलभेनिया नेपाली समाज, सुवास बैठा र पत्रकार बिष्णुहरि घिमिरेको उपस्थिति थियो। यो भब्य र सब्य वनभोज कार्यक्रमको अन्त्यमा खेम सङ्ग्रौलाको गीतसँगै सहभागीको उत्साहप्रद नृत्यका साथ वनभोज समापन भएको थियो।
Facebook Comment