एमालेको सचिवालय बैठक जारी

काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
काठमाडौँको हनुमानस्थानस्थित होटल बसेरामा केहीबेरअघिदेखि बैठक सुरु भएको हो। बुधबार बिहान भएको बर्षाले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढी पसेपछि एमालेको सचिवालय बैठक होटलमा गरिएको छ।
बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको छ। यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।
नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ।
त्यस्तै एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने समेत बताइएको छ।
Facebook Comment