नेप्से परिसूचक पाँच दशमलव २९ अंकले घट्यो

डिसी नेपाल
१७ साउन २०८१ १६:२२

काठमाडौं। साताको कारोकारका अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा रोकिएको छ।

आज बजार घटेपनि कारोबार रकम भने २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रहेको छ।

आज ३३२ कम्पनीका ५ करोड १३ लाख २१ हजार ६२९ किटा शेयर २ लाख २९ हजार ८१३ पटक कारोबार भएका थिए।

आज हाइड्रोइलेक्ट्रीसिटी कम्पनि, नेपाल हाइड्रो डेभलोपर, शुभम पावर, सिटी होटल लिमिटेड र कुथेरी भुखारी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो।

त्यस्तै आज सबै भन्दा बढी पिपुल्स हाइड्रोको ९.१३ प्रतिशत शेयर घटेको थियो । आज कारोबार रकमका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ५९ करोड ७५ लाख ९९ हजारको कारोबार भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *