एमाले सचिवालय बैठक

गुरु बराल उपाध्यक्षमा मनोनीत, प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर

दिपा पौड्याल
१७ साउन २०८१ १६:५८

काठमाडौं। आज बसेको एमाले सचिवालय बैठकले रिक्त रहेको उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ। यस अघि बागमती प्रदेश इन्चार्ज रहेका बराललाई उपाध्यक्षमा मनोनीत गरिएको एमालेले जनाएको छ।

आजको सचिवालय बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी समिति सदस्यमा मनोनयन गर्दै केही नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी यथावत राख्दै अन्यमा नयाँलाई प्रदेशको जिम्मेवारी दिइएको छ। लुम्बिनी इन्चार्ज रहेकी सचिव पद्मा अर्याल र अर्का सचिव लेखराज भट्टको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी यथावत राखिएको छ ।

यस्तै गण्डकीमा गोकर्ण बिष्टको स्थानमा किरण गुरुङलाई नयाँ इन्चार्ज तोकिएको छ। यस अघि कोशीको इन्चार्ज रहेका रघुवीर महासेठको स्थानमा शेरधन राईलाई जिम्मेवारी दिइएको छ भने मधेशमा योगेश भट्टराईलाई हटाएर लीलानाथ श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ।

बागमतीको इन्चार्ज रहेका बराल उपाध्यक्षमा मनोनीत भए पछि उनको स्थानमा  राजन भट्टराईलाई प्रदेश इन्चार्ज तोकिएको छ भने छविलाल विश्वकर्मालाई हटाएर कर्णाली इन्चार्जको जिम्मा गोरखबहादुर बोगटीलाई दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *