एसइईमा उत्कृष्ट विद्यार्थीलाई दीक्षालय नेपालद्वारा बधाइ तथा विदाइ

डिसी नेपाल
१८ साउन २०८१ २०:४३

काठमाडौं। बुढानिलकण्ढ कपनमा रहेकाे दीक्षालय नेपालले एसइई २०८० मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मानसहित बधाई तथा विदाइ गरेको छ। दीक्षालय नेपालका बिहीबार चावहिलको स्मार्ट प्यालेसमा आयोजित विशेष कार्यक्रमबीच विद्यार्थीहरुलाई औपचारिक रुपमा बधाई तथा विदाई गरिएको हो।

दीक्षालय नेपालबाट २०८० को एसईई परिक्षामा ३० जना सहभागि भएकोमा ३.९५ जीपीएसहित लाक्पा शेर्पा उत्कृष्ट भएकी थिइन् भने सहभागी सबै उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण गरेका छन्।

३० जना विद्यार्थीहरुको औसत जीपीए ३.८६ रहेको नतिजाले देखाएको छ। विद्यार्थी र उनीहरुका अभिभावकलाई कार्यक्रममा विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले स्थापनाको छोटो अवधिमै नमुना विद्यालयको रुपमा स्थापित हुँदै गइरहेको दीक्षालय नेपालको उन्नति र प्रगतिमा खुशी व्यक्त गरे।

यस विद्यालयले बुढानिलकण्ठ नगरपालिकाभित्रका विद्यालयहरुमध्येबाट प्रथम स्थान र काठमाडौं उपत्यकाका विद्यालयहरुमध्ये तेस्रो स्थान हासिल गर्नु विद्यालय परिवारको लागि मात्रै नभएर समग्र शैक्षिक जगतको लागि गौरबको कुरा भएको नगर प्रमुख अधिकारीको भनाइ थियो।

बरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहालले व्यवहारिक र उत्पादनसँग जोड्ने शिक्षा आजको आवश्यकता औल्याउँदै विद्यालयले अवलम्बन गरेको घोकाई होइन सिकाई भन्ने शिक्षण पद्धतिको प्रशंसा गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लब्जी बहादुर कार्कीले विद्यालयको उन्नति र प्रगतिका लागि हरेक तवरबाट साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप नयाँ ढंगबाट अघि बढाउन लागिपर्ने प्रतिबद्धता जनाए। विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष कार्कीले नयाँ प्रविधिमार्फत शैक्षिक गुणस्तरीयतामै विशेष ध्यान दिइने बताए।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक चित्रकुमार दाहाल र प्रीन्सीपल दुर्गाप्रसाद दाहालले विद्यालय शैक्षिक गतिविधि, भावी योजनालगायतको बारेमा जानकारी दिनुका साथै विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *