पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पूरा

डिसी नेपाल
२० साउन २०८१ ७:२५

काठमाडौं। जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। गएराति सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो।

क्वाटरफाइनलमा ब्राजिलले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गरेको छ।

त्यस्तै स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-२ अन्तरले पराजित गरेको थियो भने अमेरिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको थियो।

अब सेमिफाइनलमा अमेरिकाले जर्मनीको सामना गर्ने छ भने ब्राजिलले स्पेनको सामना गर्ने छ। सेमिफाइनलका खेलहरु आगामी मंगलबार हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *