नेपालमै पहिलो खुलेको ‘हिल्टन काठमाडौं’ को सेवा शुभारम्भ

डिसी नेपाल
२० साउन २०८१ १२:१४

काठमाडौं। काठमाडौंको मुट नक्शालमा खुलेको चेन होटेल हिल्टनले आफ्नो सेवाको सुरुवात गरेको छ।

नवनिर्मित होटेलको हालै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थितिमा औपचारिक शुभारम्भ गरिएको हो। यो होटेलमा नेपालकै प्रतिष्ठित र प्रमुख व्यापारिक घराना शंकर ग्रुपको लगानी छ। उक्त होटेल भारतीय उपमहाद्वीपमा दरिलो विकास र विस्तारमा उल्लेखनीय कोसेढुंगा भएको बताइएको छ।

एक सय ७२ वटा कोठा रहेको होटेलबाट पाहुनाले मनमोहक दृश्य अवलोकन गर्नुका साथै व्यक्तिगत रूपमा समेत विशिष्ट अनुभव हासिल गर्नसक्ने व्यवस्थापन पक्षको दाबी छ।

काठमाडौंको निर्माण शैलीमा डिजाइन गरिएको होटेलमा प्रेसिडेन्सियल सुइटसम्मका कोठाहरू रहेका छन्। साथै, कर्मचारीको पोसाक, प्रतीक्षालय र अन्य अतिथि कक्ष परम्परागत नेपाली ढाकाको कपडाले सजाइएका छन्।

एसिया प्यासिफिक ब्रान्ड म्यानेजमेन्ट एवं हिल्टनका वरिष्ठ उपाध्यक्ष अलेक्जेन्डर ज्यारिचले भने,‘अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा हिल्टनको बर्चस्व सयौँ वर्षदेखि रहँदै आएको छ ।

यही क्रममा नेपालमा खुलेकोे पहिलो होटेलले विशिष्ट पाहुनाका लागि एक महत्वपूर्ण स्थानका रूपमा लिइएको छ। होटेल परियोजनामा ८ अर्ब ३५ करोड लगानी भएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *