अमेरिकाको माउईको जंगलमा आगलागीबाट प्रभावितलाई ४ अर्ब डलर क्षतिपूर्ति दिइने

डिसी नेपाल
२० साउन २०८१ १४:५९

काठमाडौं । अमेरिकी राज्य हवाईका गभर्नरले गत वर्ष माउईको जंगलमा लागेको भीषण आगलागीबाट प्रभावित दुई हजारभन्दा बढीको दाबीका लागि ४ अर्ब डलरको राहत घोषणा गरिएको बताएका छन् ।

हवाई गभर्नर जोस ग्रीनको कार्यालयले यो सम्झौता लगभग ४५० कानूनी मुद्दाहरू समाधान गर्न प्रस्ताव गरिएको पुष्टि गरेको छ। गत वर्ष अगस्टमा हवाईको माउईको जंगलमा भीषण आगलागी भएको थियो ।

यस आगलागीमा १०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अमेरिकाको पुरानो सहर लहाइना पनि ध्वस्त भएको थियो । हवाईका गभर्नरका अनुसार सबै दावीकर्ताहरूलाई भुक्तानी २०२५ को मध्यबाट सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *