काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल पराजित

काठमाडौं । नेपालले काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत इरानसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न खेलमा इरानले नेपाललाई २-३ को सेटमा पराजित गरेको हो।
यो जितपछि इरानले २ अंक हासिल गरेको छ भने नेपालले एक अंक हासिल गरेको छ । यो जितपछि इरानले चार खेलमा ७ अंक हासिल गरेको छ भने नेपालले ३ खेलमा ६ अंक हासिल गरेको छ ।
अब नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५ः१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया
Facebook Comment