दाङमा जीप दुर्घटना: एक जनाको मृत्यु

डिसी नेपाल
२१ साउन २०८१ ८:५३

दाङ। दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका–३, टोड्केका ४६ वर्षीय यमबहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार साँझ शान्तिनगर गाउँपालिका १ हाँडिचारमा दुर्घटना भएको थियो । दुर्घटनामा सातजना घाइते भएका थिए ।

घाइते ६ जनामध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारको लागि नेपालगन्ज लगिएको छ । उनीहरूको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *