सरकारविरुद्धको प्रदर्शन रोक्न नाइजेरियाका राष्ट्रपतिको अपिल
काठमाडौं । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले बढ्दो महंगीलाई लिएर तीन दिनको हिंसापछि विरोध प्रदर्शन अन्त्य गर्न अपिल गरेका छन्।
नाइजेरियामा प्रदर्शन सुरु भएको १० दिनसम्म सात जनाको मृत्यु भएको छ । यस अवधिमा ७ सय जना पक्राउ परेका छन् ।
सम्बोधनमा राष्ट्रपतिले भने, “मेरा प्रिय नाइजेरियालीहरू, विशेष गरी हाम्रा युवाहरू। मैले तपाइँहरूको कुरा सुनेको छु र तपाइँहरूको पीडा र निराशा बुझेको छु।”
नाइजेरियाका राष्ट्रपतिले आफ्नो सम्बोधनमा केही क्षेत्रमा अराजकतावादी तत्वहरूले विरोध प्रदर्शन गरेको बताए। उनीहरुले देशमा रहेको यो अशान्ति अन्त्य गर्न वार्ता गर्नेछन् ।
प्रतिक्रिया
Facebook Comment