बंगलादेशमा प्रमुख भवनहरूमा प्रदर्शनकारी प्रवेश, देश छाडेकी प्रधामन्त्रीको राजीनामाको अपुष्ट खबर
काठमाडौं । बंगलादेशमा प्रदर्शनकारीहरूले राष्ट्रपति निवास रहेको गणभवन र प्रधानमन्त्री निवास रहेको बंगभवनमा प्रवेश गरेर कार्यालय कब्जा गरेको त्यहाँका प्रमुख मिडियाले जनाएका छन् । प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छिन् । राष्ट्रपति मोहम्मद शहाबुदिनको अवस्था स्पष्ट छैन ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको खबर आए पनि यसको पुष्टि भने भइसकेको छैन । उनी सेनाको विशेष हेलिकोप्टरमा भारत प्रस्थान गरेको बताइएको छ । यसैबीच ठूलो संख्यामा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् ।
शेख हसिनाका छोराले देशको सुरक्षा बललाई सम्भावित विद्रोहको प्रयासलाई सफल हुन नदिन आग्रह गरेका छन् । यसैबीच राजधानी ढाकासहित देशभर सेना परिचालन गरिएको छ । सडकबाट प्रहरी हटाइएको छ । यसअघि सत्तारुढ अवामी लिग र प्रमुख प्रतिपक्षी दल बिएनपीका शीर्ष नेतृत्वबीच सैनिक मुख्यालयमा ठूलो बैठक बस्दैछ ।
बंगलादेशमा लगातार बिग्रँदै गएको अवस्थाका बीच सेना प्रमुख जनरल वकार-उज-जमानले देशलाई सम्बोधन गर्न सक्नेछन्। देशव्यापी कर्फ्यूलाई बेवास्ता गर्दै, हजारौं प्रदर्शनकारीहरू ढाकाको शाहबाग चौराहेमा लामो मार्चको लागि भेला भए। यसअघि आइतबार भएको हिंसामा एक सयभन्दा बढीको मृत्यु भएको थियो । जसमा १९ प्रहरी रहेका छन् ।
बंगलादेशमा लङ मार्चको आह्वान गरिएको छ । विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सविनय अवज्ञा आन्दोलनको घोषणा गरेका छन् । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्दै देशव्यापी कर्फ्युलाई अवज्ञा गर्दै सोमबार राजधानी ढाकासम्म विद्यार्थीहरू लङ मार्चमा जम्मा भएका छन् ।
भेदभाव विरुद्धको विद्यार्थी आन्दोलनले सोमबार एकदिने लामो मार्चको आह्वान गरेको छ । यो लङ मार्चलाई मध्यनजर गर्दै सडकमा ठूलो संख्यामा सुरक्षाकर्मी र सशस्त्र सवारीसाधन गस्ती गरिरहेको देख्न सकिन्छ ।
रिपोर्टका अनुसार यस विरोध प्रदर्शनका संयोजक आसिफ महमूदले यो सरकारले धेरै विद्यार्थीको हत्या गरेको बताए। अब सरकारले आफ्नो कर्मको हिसाब दिनुपर्ने बेला आएको उनले बताए । प्रत्येक विद्यार्थी सोमबार ढाकामा बसिरहेका छन्।
अर्का विद्यार्थी एम. जुबैरले आफूहरूलाई मार्च गर्नबाट कसैले रोक्न नसक्ने बताए । उनले भने ‘यदि हामीले तिनीहरूको सामना गर्यौं भने हामी बंगलादेशलाई स्वतन्त्र गर्नेछौं। म मेरा सेनाका भाइहरूलाई तानाशाहलाई समर्थन नगर्न भन्न चाहन्छु। या त तपाईं मानिसहरूलाई समर्थन गर्नुहोस् वा निष्पक्ष रहनुहोस्।’
Facebook Comment