सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

डिसी नेपाल
२१ साउन २०८१ १७:५४

काठमाडौं। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार प्रदेश प्रमुख नाजिर मियाँले शाहलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। शपथ लिएलगत्तै शाहले सरकारलाई समेत पूर्णता दिएका छन्। उनले एमालेका ३, कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई मन्त्री तथा कांग्रेसका २ र एमालेका १ सांसदलाई राज्यमन्त्री नियुक्त गरेका छन्।

उनीहरूले पनि सपथ पद तथा गोपनीयताको सपथ लिएका छन्। कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन्।

कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्।

शाह संविधानको धारा १६८ को उपधारा २ अनुसार आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए । यो उनको दोस्रो कार्यकाल हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *