लैंङ्गिक समावेशीकरण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन भाद्र १८ गतेदेखि काठमाडौंमा (भिडियो)

डिसी नेपाल
२२ साउन २०८१ १४:५६

काठमाडौं। राष्ट्रिय मानव अधिकार संस्थाहरुमा लैंङ्गिक समावेशीकरण सम्बन्धमा अन्तराष्ट्रिय सम्मेलन भाद्र १८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय मानवअधिकार संस्थाहरुको एशिया प्रशान्त मञ्चसंगको समन्वयमा भाद्र १८ देखि २० गतेसम्म काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।

सम्मेलनमा नेपाल सरकार, एशिया प्रशान्त मञ्चमा आवद्ध २६ वटा देशका मानवअधिकार संस्थाहरु, मानवअधिकार उच्चायुक्तको कार्यालय लगाएको सहभागीता रहने आयोगकी सदस्य लिली थापाले जानकारी दिएकी छिन् ।

जलवायु परिवर्तन र लैङ्गिक न्यायका सवाल र दिगो बिकासका प्रयासहरुमा लैङ्गिक दृष्टिकोणलाई समावेश गर्ने र नीति निर्माण प्रक्रियामा महिला सहभागीको सम्बन्धमा बलियो रुपमा वकालत गर्ने आयोगले जनाएको छ । त्यस्तै सम्मेलनमार्फत मानवअधिकार संस्थाहरुमा लैङ्गिक मुल प्रवाहिकरण र समावेशिकरणका रणनीति र कार्यनीतिहरु कार्यान्वयन गर्ने मागचित्रको रुपमा काठमाडौं घोषणापत्र जारी गर्ने थापाले बताइन्।


पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तप बहादुर मगरले मानवअधिकार संस्थाहरूमा लैङ्गिक समानता प्रवर्द्धनमा बाह्य सरोकारवालाहरूको भूमिकाहरु महत्वपूर्ण हुने भएकाले अन्तराष्ट्रिय सम्मेलनको निष्कर्षलाई कार्यान्वयनमा जोड दिने बताए।

सम्मेलनले मानव अधिकार संस्था स्थापना सम्बन्धी पेरिस सिद्दान्त – १९९३ को लैङ्गिक दृष्टिकोणबाट लेखाजोखा गर्दै राष्ट्रिय मानव अधिकार संस्थाहरूभित्र लैङ्गिक समानता कायम गर्नका लागि रहेका चुनौतीहरूको पहिचान गर्ने आयोगले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *