बंगलादेशको संसद विघटन, बंगलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष खालिदा जिया रिहा

डिसी नेपाल
२२ साउन २०८१ १५:३३

काठमाडौं । बंगलादेशको संसद विघटन भएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले संसद विघटन गरेका हुन् । गएको जनवरी ७ मा भएको राष्ट्रिय निर्वाचनमार्फत बनेको १२औँ संसद विघटन गरिएको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बङ्गभवनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले तीनै तहका सशस्त्र बलका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरोधी विद्यार्थी आन्दोलनका नेताहरूसँगको छलफलपछि संसद भंग गर्ने निर्णय गरेका हुन् ।’

प्रेस विज्ञप्तिमा बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि बताइएको छ । यसबाहेक आरक्षण विरोधि आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गरिसकिएको पनि जानकारी दिइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *