विधि र प्रक्रिया पूरा गरेर संविधान संशोधन हुनसक्छः उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
२२ साउन २०८१ १६:२७

काठमाडौं। उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया पूरा गरेर समयको मागअनुसार संविधान संशोधन हुन सक्ने बताएका छन् ।

आज ललितपुरमा किरात राई यायोक्खा ३७ ओै स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सिंहले यस्तो बताएका हुन् । उनले संविधान बनाएर मात्र नहुने भन्दै संविधानको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

‘हामीले संविधानसभाबाट जनताले चुनेका प्रतिनिधिबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्यौ । संविधानको कार्यान्वयनमा ध्यान दिन जरूरी छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘समयको मागबमोजिम संविधानको प्रावधान संशोधन गर्न सकिने व्यवस्था संविधानले नै गरेको छ । तर, त्यसका लागि निश्चिति विधि र प्रक्रिया पूरा गर्नुपर्ने संविधानको भावना पनि बुझ्नुपर्छ।’

समाजमा रहेको द्वन्द मेटिने र सबैको पहिचान भेटिने अवस्था बनाउनुपर्नेमा सबैको ध्यान जानुपर्ने पनि मन्त्री सिंहले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *