इस्माइल हानियाको हत्यापछि याह्या सिनवार हमासको शीर्ष नेता निर्वाचित
काठमाडौं । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ ।
यसअघिका शीर्ष नेता इस्माइल हानियाको तेहरानमा हत्या भएको थियो । हानियाको मृत्युमा इजरायलको हात रहेको बताइएको छ ।
२०१७ देखि सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै थिए र अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ।
हमासका एक अधिकारीले बीबीसीलाई भने – हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको छ।
मध्यपूर्वमा बढ्दो तनावका बीच यो घोषणा आएको हो । इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने बताएका छन्।
इरान र उसका सहयोगीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहराउँछन्। इस्माइल हानियाको मृत्युबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन।
Facebook Comment