तस्वीरमा हेर्नुहोस् हेलिकप्टर दुर्घटनास्थल

डिसी नेपाल
२३ साउन २०८१ १६:३३

काठमाडौं। नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो।

प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु र चालकको मृत्यु भएको जानकारी दिएको छ।

प्रहरीले घटनास्थलबाट चार पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित चिनियाँ पर्यटकहरु जुदाड टाङ, जी लि, जेमिङ सी र यियाद वु (महिला) सवार थिए।

त्यहाँस्थित प्रत्यक्षदर्शीले हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *