दाहालको रचनामा ढकालको स्वर रहेको “कैले उकाली, कैले ओराली” को भिडियो गीत सार्वजनिक

डिसी नेपाल
२४ साउन २०८१ १८:५०

काठमाडाैं। गायक रामकृष्ण ढकालको कर्णप्रीय स्वर रहेको “कैले उकाली, कैले ओराली” को भिडियो गीत सार्वजनिक भएको छ।

यस गीतमा सुनीलमणि दाहालको लिरिक्स रहेको छ भने गीतलाई सुनील मास्केले कम्पोज गरेका छन्। यसैगरी, गीतको एरेन्ज प्रदीप श्रेष्ठले र रेकर्डिङ/मिक्सिङ किशोर थापाको रहेको छ।

गीतको भिडियो संयोजन गीतकार सुनीलमणि दाहालले गरेका हुन्।

दुई प्रेमील जोडीको कथा बोकेको यो कर्णप्रिय रोमान्टिक गीतले जीवनका उकाली र ओरालीका दिनहरूलाई कर्णप्रियरूपमा चित्रण गरेको छ। भेलाइन्टाइन डेलगायत अन्य अवसरहरू जस्तैः विवाह, वैवाहिक बर्षगाँठमासमेत यो गीतले मनोरन्जन प्रदान गर्ने गीतकार सुनीलमणि दाहालले जनाउनु भएको छ।

यस गीतलाई अमेरिकास्थित गीत-भण्डारले आफ्नो नयाँ युट्यूव च्यानलमार्फत सार्वजनिक गरेको छ।

नेपाली गीत संगीतको विविध संग्रहको लागि अमेरिकामा नेपाली गीत-भण्डारको युट्यूव च्यानलको विधिवत स्थापना गरिएको गीतकार दाहालले बताए। ‘यो च्यानल तपाईंको अन्तिम गन्तव्य हुने हाम्रो विश्वास छ, च्यानलका संचालक तथा संस्थापक सुनीलमणि दाहालले सामाजिक संजालमार्फत एक विज्ञप्ति जारी गर्दै जनाएका छन्।

भावपूर्ण नेपाली लोक भाकाका गीतहरू देखि उर्जावान पप, रक र रोमान्टिक गीतसम्म, दर्शकहरूलाई मनोरञ्जन र आनन्द प्रदान गर्न आफ्नै अद्वितीय गीतहरू उत्पादन तथा निर्माण गरी पस्कने योजना रहेको विज्ञप्तीमा जनाइएको छ।

शुद्ध रमाइलोको लागि उत्पादन गरिएका नेपाली गीतहरूको भण्डारबाट आफूलाई मन परेका भाकाका गीतहरूमा रम्न र झुल्न नेपाली गीत भण्डारको युट्यूव च्यानललाई लाइक र सब्सक्राइव गर्न आग्रह गरिएको छ।

नेपाली गीत-भण्डार भर्जिनियामा दर्ता भएको र विधिवत संचालन गर्दै पहिलो म्यूजिक भिडियो- “कैले उकाली, कैले ओराली” सार्वजनिक गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *