बंगलादेशमा रहेका नेपालीकाे सुरक्षा व्यवस्था मिलाउन शेखर कोइरालाको माग

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बंगलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित नेपाल ल्याउन पनि सरकारलाई आग्रह गरेका हुन्।
उनले बंगलादेशमा राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न समेत सबैमा आग्रह गरेका छन्। यस्तै जतिसक्दो छिटो लोकतान्त्रिक विधि शुरु हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए। उनीहरुले सुरु गरेको सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग चर्किदै गएपछि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री सेख हसिनाले राजिनामा दिएर देश छोडिसकेकी छन्।
शेख हसिनाको सत्ता पतन भएपछि त्यहाँ नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। उपचारका लागि फ्रान्समा रहेका युनुस स्वदेश फर्केसँगै मंगलबार राति उनी बंगलादेशको प्रमुखमा नियुक्त भएका छन्।
Facebook Comment