कैलालीका ९ स्थानीय तहले दिए सार्वजनिक बिदा

काठमाडौं । कैलालीका ९ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।
आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्वको अवसरमा ९ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन्।
प्रतिक्रिया
Facebook Comment