१७ महिनापछि छुट्ने भए आम आदमीका नेता मनिष सिसोदिया

डिसी नेपाल
२५ साउन २०८१ १२:००

नयाँदिल्ली। भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप) का नेता मनीष सिसोदियालाई कथित दिल्ली एक्साइज नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र मनी लान्ड्रिंग मुद्दामा जमानत दिएको छ।

गत अगस्ट ६ मा सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो। आज न्यायाधीश बीआर गवई र न्यायाधीश केवी विश्वनाथनको इजलासले उक्त फैसला सुनाएको हो।

फैसला सुनाउँदै सर्वोच्च अदालतले मनिषलाई लामो समयदेखि जेलमा राखिएको जनाएको थियो । कुनै पनि सजाय बिना कसैलाई पनि लामो समय जेलमा राख्न सकिँदैन ।

मनीषले तल्लो अदालत र त्यसपछि उच्च अदालत गएका थिए। त्यसपछि मात्रै सर्वोच्च अदालत आउनु पर्छ भनिएको थियो । उनले दुवै अदालतमा निवेदन दिएका थिए । त्यसपछि मनिषले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। पहिलो आदेश अनुसार ६ देखि ८ महिनाको म्याद सकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *