छानबिन समिति बैठकः सहकारी हिनामिना प्रकरणमा जोडिएका सञ्चालक र पदाधिकारीहरुसँग छलफल

डिसी नेपाल
२५ साउन २०८१ १८:१५

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसँग छलफल गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको बैठकले सहकारी हिनामिना प्रकरणमा जोडिएका सञ्चालक समितिका सदस्य र पदाधिकारीहरुसंग छलफल गरेको हो। सो क्रममा शुक्रबार गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष र अध्यक्षसँग छलफल गरेको छ।

त्यस्तै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसंग छलफल गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

सहकारी हिनामिना प्रकरणमा जोडिएका अन्यसँग पनि छलफल गरेर निष्कर्षमा पुग्ने समितिको तयारी छ । छलफलका साथै समितिले प्रतिवेदन मस्यौदाको कामलाई पनि अघि बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *