३५ जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)
काठमाडौं। न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाबाट जिल्ला न्यायाधीश सिफारिस गरेको हो।
उच्च र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त रहेका छन्।
उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेको छ। परिषद्ले जिल्लाबाट नियुक्तिको थालनी गरेको हो।
जसअन्तर्गत न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई सिफारिस गरिएको छ।
प्रतिक्रिया
Facebook Comment