फूलबारी–बंगलाबन्घु नाका सञ्चालनमा, बंगलादेशसँगको आयात–निर्यात सहज

डिसी नेपाल
२६ साउन २०८१ १६:००

झापा। नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी  –बंगलाबन्घु नाका खुलेकोे छ । नाका खुलाभएसँग बंगलादेशसँगको आयात निर्यात सहज भएको छ ।

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बंगलादेश तर्फ  र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए।

उनले भने, “ बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ। ”

कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बंगलादेश निर्यात हुँदा रु तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *