लैङ्गिक विवादमा फसेकी अर्की महिला बक्सरले पनि ओलम्पिकमा स्वर्ण पदक जितिन्

काठमाडौं । अल्जेरियन बक्सर इमान खलिफले स्वर्ण पदक जितेको २४ घण्टा नबित्दै लैङ्गिक विवादमा मुछिएकी अर्की बक्सरले ओलम्पिकमा स्वर्ण पदक जितेकी छन् ।
ताइवानकी बक्सर लिन यु–टिङले पोल्याण्डकी २० वर्षीय बक्सर जुलिया सेरेमेटालाई हराउँदै स्वर्ण पदक जितेकी छन् ।
गत वर्ष विश्व बक्सिङ च्याम्पियनसिपमा इमान खलिफ र लिन यु–टिङ लैङ्गिक योग्यता परीक्षणमा असफल भएपछि अयोग्य घोषित भएका थिए । यद्यपि उनीहरूलाई पेरिस ओलम्पिकमा भाग लिन अनुमति दिइएको थियो।
सर्वसम्मत निर्णयबाट यो प्रतियोगितामा उनको चौथो जित हो।
लिनको विजयले यस ओलम्पिकको सबैभन्दा विवादास्पद कथाको अन्त्य गर्ने अपेक्षा गरिएको छ । तर यो बहस जारी रहने सम्भावना छ र यसले लस एन्जलसमा हुने अर्को ओलम्पिकमा बक्सिङ समावेश गर्ने कि नगर्ने भन्नेमा पनि प्रभाव पार्न सक्छ।
Facebook Comment