पुरानै मापदण्डका आधारमा क्रसर उद्योग नवीकरण गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण

डिसी नेपाल
२८ साउन २०८१ १७:०२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघले ज्ञापन पत्र बुझाएको छ।

आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे महासंघले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएका सात सय क्रसर तथा बालुवा उद्योगहरूलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन्।

वातावरण सम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दुरी सम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकोमा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ।

महासंघले उद्योगहरूको नवीकरण नहुँदा करिब चार अर्ब लगानी डुब्ने अवस्थामा रहेको दाबी गरेको छ।

विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिएर पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवम् नयाँ मापदण्ड ल्याउन माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *