पेरिस ओलम्पिकमा एक्लै ६ पदक जित्ने खेलाडी को हुन् ?
काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आइतबार ओलम्पिक खेलकुद समापन भएको छ । यो जुलाई २६ मा सुरु भएको थियो।
यस ओलम्पिकमा चीनकी झाङ युफेईले सबैभन्दा बढी पदक जितेकी छिन् । उनले ६ पदक जितिन् ।
पेरिस ओलम्पिकको वेबसाइटका अनुसार झाङले पौडीमा यी पदक जितेकी हुन्। उनले ५ कास्य र १ रजत पदक जितेकी छिन् ।
फ्रान्सका लियोन मार्चान्ड दोस्रो स्थानमा छन् । उनले ५ पदक जितेका छन् । लियोन पनि पौडी खेलाडी हुन् । उनले ४ स्वर्ण र १ कास्य पदक जितेका छन् ।
पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ कांस्य) सहित शीर्ष स्थानमा छ भने चीन ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कास्य) सहित दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा रहेको जापानले कुल ४५ पदक जितेको छ जसमध्ये २० स्वर्ण छन् । कुनै पदक नपाएका करिब ११४ देश छन् ।
Facebook Comment