खेलकुद सचिवले हिजोको कार्यक्रममा हाम्रो अपमान गरेः सांसद कल्पना मियाँ

काठमाडौं। सांसद कल्पना मियाँ कुसहारीले युवा तथा खेलकुद मन्त्रालयका सचिवले अपमान गरेको बताएकी छिन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गरेका छन् ।
‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिँदैन भने अपमान कम्तिमा नगरौं, हामी(सांसद)लाई अपमान हुने कार्यक्रम अब देखी नराखौं,’ उनले संसदमा भनिन्।
प्रतिक्रिया
Facebook Comment