एलन मस्कसँगको अन्तर्वार्तामा ट्रम्पले कमला ह्यारिस, किम जोङ उन र पुटिनबारे के भने ?

डिसी नेपाल
२९ साउन २०८१ १६:००

काठमाडौं । एलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता लिएका छन्। यस अन्तर्वार्तामा अहिलेसम्म मस्क र ट्रम्पले धेरै विषयमा कुरा गरेका छन् ।

अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार र उपराष्ट्रपति कमला ह्यारिसको बारेमा पनि कुरा गरे। ट्रम्पले कमला ह्यारिसको आलोचना गरेका थिए ।

उनले डेमोक्र्याटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार बनेपछि ह्यारिसले आफूले अहिले दिएजस्तो अन्तर्वार्ता नदिएको बताए ।

इजरायलको मिसाइल रक्षा प्रणाली आइरन डोम सधैं यसको लागि सुरक्षा कवच भएको उनले बताए । ट्रम्पले भने, “हामीसँग किन आइरन डोम छैन ? इजरायलसँग छ।”

आइरन डोम छोटो दूरीका हतियारबाट हुने आक्रमणलाई रोक्न प्रभावकारी हुन्छ। यो २००६ मा अमेरिकी सहयोगमा इजरायली कम्पनीहरूले निर्माण गरेका थिए।

ट्रम्पले आफूले पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलाई चिन्ने बताएका छन् ।

ट्रम्पले भने, “उनीहरू स्मार्ट छन्। जब उनीहरू (पुटिन र किम) कमला र सुतिरहेको जो (राष्ट्रपति जो बाइडेन) लाई देख्छन्, उनीहरू विश्वास गर्न सक्दैनन्।”

ट्रम्पले पुटिनलाई युक्रेनमा आक्रमण नगर्न आग्रह गरेको तर पुटिनले नमानेको बताए ।

ट्रम्पले भने – यदि बाइडेन त्यहाँ नभएको भए रुसले युक्रेनमा आक्रमण गर्ने थिएन।

यसबारे मस्कले ट्रम्पलाई उनले सही कुरा भनेको बताएका छन् ।

ट्रम्पले भने, “म पुटिनसँग राम्रोसँग मिल्छु र उनी मलाई सम्मान गर्छन् ।” उनले पुटिनसँग बारम्बार कुरा गरेको पनि बताए ।

ट्रम्पले दाबी गरे, “त्यो (युक्रेन) उनको (पुटिनको) आँखाको तारा थियो। मैले उनलाई यो नगर्न भनेको थिएँ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *