सानोभर्‍याङमा रहेको काठ उद्योगमा आगलागी, नियन्त्रण प्रयास जारी

डिसी नेपाल
२९ साउन २०८१ २२:१६

काठमाडौं। काठमाडौं महानगरपालिका- १५ सानोभर्‍याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ।

आज राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

अहिले ३ वटा दमकल (बौद्ध, बालाजु, जनसेवा) सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको पनि उनले बताए। आगलागीको कारण खुलेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *