ओलम्पिकमा पाकिस्तानलाई स्वर्ण पदक दिलाएका अरशद नदीमलाई करोडौं पुरस्कारको वर्षा

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले पेरिस ओलम्पिकमा ज्याभलिन थ्रोमा स्वर्ण पदक जित्ने खेलाडी अर्शद नदीमलाई १० करोड रुपैयाँ पुरस्कार दिएकी छन् ।
मरियम नवाज सरिफले उनलाई १० करोडको चेक दिएकी हुन् । मरियम नवाजले अर्शद नदीमलाई होन्डा सिभिक कार पनि दिएकी छिन् । यो कारको नम्बर पीएके ९२.९७ हो। अरशद नदीमले ओलम्पिकमा ९२ दशमलव ९७ मिटर भाला फालेका थिए ।
अरशदलाई पाकिस्तानमा जताततै सम्मान गरिएको छ, पाकिस्तानका धेरै प्रतिष्ठित व्यक्ति र संस्थाहरूले उनको लागि पुरस्कार घोषणा गरेका छन्।
प्रतिक्रिया
Facebook Comment