कविता : देशबहादुर तामाङ

प्रकाशचन्द्र खतिवडा
३० साउन २०८१ १३:४५

सरकार बन्नु

सरकार ढल्नु संग
के सरोकार छ
देशबहादुर तामाङको?
न त उसको आफ्नै देश छ
नत उसको आफ्नै भेष छ
उ त
जिन्दगी चलाउन
सिटी सफारी चलाउँछ

सिटी सफारी चालक हो
यात्रुलाई गन्तव्यमा छोड्दै
हरेक सेकेण्ड

आफ्नो आयु घटाउँछ
उसकी जहान
दोजिया छे
अस्पताल भर्ना गर्नुपर्ने
लगातार रक्तश्राव भैरहेको छ
एम्बुलेन्स खर्च जुटाउन नसक्दा
आफ्नै जहान
पीडाले छट्पटिँदा पनि
अस्पताल लैजान नसकि
टुलु–टुलु हेर्न

विवश र लाचार छ
सुकुम्बासी बस्ति भित्र
उसको एउटा झुपडी छ
झुपडी भित्र
जहान छे
छोरी छे
केही थान भाँडा वर्तन छन
ती रित्ता रित्तै छन
केही थान लत्ता कपडा छन
ती च्यातिएर थाङ्निएका छन
उसको आफ्नै संसार छ

जितेर हैन
हारेर बाँचेको छ
पहाडमा हुँदा
साहुको ऋण तिर्न नसकी
घर खेत
साहुलाई जिम्मा लगाएर
पोको पुन्तुरो बोकी

तराई बसाइँ झरेको छ
उ सँग
एक टुक्रा पनि जमिन छैन
सुकुम्बासीको नाममा
चुनाव ताका
उसकै समर्थनमा
नाराबाजी गरिएको छ
उसलाई समेत सरिक गराई
मशाल जुलुस निकालिएको छ
नक्कली लालपूर्जा देखाएर
उसको मतको
दुरुपयोग गरिएको छ

मजदुर हो
उसलाई मालिकले ठगि रहेको छ
किस्ता वन्दीको सिटी सफारी
किस्ता तिर्नै नसकि
लिलाममा हाल्नु पर्ने भएको छ
उसलाई के थाहा
आई. एल. ओ. अभिसन्धि ?
उसलाई के थाहा
संविधानको मौलिक हक ?

उसलाई के थाहा
मजदुर दिवस ?
उसको टाउको बेचेर
सरकार
अनुदान लिइरहेछ
कहाँ जान्छ अनुदान ?
देशबहादुर तामाङ
ऋणले झन–झन थिचिई रहेको छ
पउअजबलमचबद्दण्द्दघ२नmबष्।िअयm

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *