नोभा रोयल्स एफसीले दोस्रो रोयल्स रन आयोजना गर्दै

डिसी नेपाल
३१ साउन २०८१ ११:५४

काठमाडौं । नोभा रोयल्स फुटबल क्लवले दोस्रो रोयल्स रन १० हजार, ५ हजार र १ हजार मिटर तथा वाकाथल आयोजना गर्ने भएको छ । मानिसहरुको स्वास्थ्यमा फाइदा पुर्याउने र विभिन्न सेवामूलक संस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रम अगस्ट १७ गते शनिबार अमेरिकाको भर्जिनियाको फेयरफ्याक्समा हुनेछ । ‘रन फर अ कज’ नारा दिइएको यो कार्यक्रम शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म फेयरफ्याक्सको बुर्के लेक पार्कमा हुनेछ ।

यसबाट प्राप्त आम्दानी विभिन्न सेवामूलक संस्थाहरुलाई सहयोग गरिनेछ । यस वर्ष सहयोग पाउने संस्थाहरु हेल्पिङ चिल्ड्रेन वर्ल्डवाइड, अर्गनाइजेसन फर अटिज्म रिसर्च, अपएबिलिटी फाउण्डेशन छन् । क्लवले गत वर्ष पनि यस्तै कार्यक्रम आयोजना गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *