चितवनको वनले ४ करोड भन्दा बढी आम्दानी गर्याे (भिडियाे)
काठमाडाैं। चितवनको कुमरोज मध्यबर्ती सामुदायीक वनले ४ करोड भन्दा बढी आम्दानी गरेको छ । उक्त सामुदायिक वनले वन्यजन्तु अवलोकन गर्न पर्यटकवाट आम्दानी गर्ने गरेका छन् ।
उक्त वनमा पर्यटकहरु दुर्लभ एक सिंगे गैडा पाटे बाघ र बिभिन्न वन्यजन्तु अबलोकनको लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्रमा रहेको उक्त वनमा पर्यटकहरु बर्षभरी नै जीप सफारी हात्ती सफारीको लागि जाने गरेका छन् ।
उक्त वनमा २ वटा मचान पनि रहेको छ उक्त मचानमा गएर पर्यटकहरुले रात बिताउने र वन्यजन्तु अबलोकन पनि गर्ने गर्दछन् । पहिले १५० देखि २ सयको हाराहारीमा जीप वनमा सफारीको लागि जाने गरेकोमा अहिले बिहान ३० र बेलुका ३० वटा गरी दैनीक ६० वटा जीप पर्यटक लिएर जाने गरेको उक्त वनका अध्यक्ष गणेश श्रेष्ठले बताए । उक्त वनको आम्दानी बार्षीक ४ देखि ५ करोड सम्म हुने गरेको अध्यक्ष श्रेष्ठले बताए।
वनबाट भएको आम्दानी मानव र वन्यजन्तु सरक्षणका साथै मानव र वन्यजन्तु बीचको द्वन्द्व घटाउन वन सिमानामा कक्रिट वाल लगाउने देखी उक्त क्षेत्रको शिक्षा स्वास्थ्यमा खर्च गर्ने गरेको उनले बताए। उक्त वनको आम्दानी वाट उक्त वन क्षेत्रमा रहेका बासिन्दाहरुलाई खानेपानी जडानको लागि प्रति घर ६ हजार रुपैया, सुत्केरी पोषणको लागि बिरामी परेमा ५ हजार रुपैया र दुध किसानहरुलाई प्रति लिटर १ रुपैया अनुदान दिने गरेका छन् । वनको आम्दानी वन उपभवक्ताहरुको हितको लागि नै खर्च गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताए ।
Facebook Comment