‘कांग्रेस-एमाले मिलेर अरु पार्टीलाई सिद्धाउने षड्यन्त्र गरिरहेका छन्’
काठमाडाैं। राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले कांग्रेस-एमाले मिलेर अरु पार्टीलाई सिद्धाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
बिहीबार राष्ट्रियसभाको बिषेश समयमा बोल्दै सुवेदीले संविधान संशोधनमार्फत १० प्रतिशत थ्रेस होल्ड राखेर अरु पार्टी सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन्।
उनले लामो संघर्षपछि मुलुममा अधिकारप्राप्त संविधान बनेको भन्दै यसलाई मास्ने काम स्वीकार्य नहुने चेतावनी दिए। जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका साथै पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन गर्न उनले सुझाव दिए।
सुवेदीले लामो प्रजातान्त्रीक इतिहास बोकेको पार्टी कांग्रेस नै दुई दलीय प्रणालीमा विश्वास गर्ने अवस्था आउनु उचित नभएको उनकाे भनाइ थियाे। दुई दलीय प्रणालीबाट देशलाई कव्जा गर्न खोजे बंगलादेशको जस्तो अवस्था आउन सक्ने उनले बताए।
त्यस्तै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले मुलुकको बिभिन्न आन्दोलनमा कांग्रसले खेलेको भूमिकालाई अवमूल्यन नगर्न आग्रह गरे। कांग्रेसका कारण मुलुक अहिलेको अवस्थामा आएको र सवैले बोल्न सक्ने अवस्था सिर्जना भएको उनले बताए।
उनले प्रजातन्त्रबादी दललाई कसैले अर्तिउपदेश दिन जरुरी नरहेको दाबी गरे। त्यस्तै दत्तले कांग्रेस र माओवादीले संयुक्त मत मागेर परिणाम आएपनि जनतालाई बेइमानी कसले गर्यो भन्ने स्पष्ट रहेको बताए।
Facebook Comment